गृहपृष्ठ Featured कपिलवस्तुमा ब्राउन सुगरसहित एक युवक पक्राउ

कपिलवस्तुमा ब्राउन सुगरसहित एक युवक पक्राउ

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार कपिलवस्तु नगरपालिका वडा नं.२ बाट ब्राउन सुगरसहित ३२ वर्षीय अरुण मोक्तान पक्राउ परेका हुन् ।

ललितपुरको महालक्ष्मी नगरपालिका–१, ईमाडोल बस्ने मोक्तानको साथबाट प्रहरीले ३ ग्राम ५८० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको छ ।

आइतबार साँझ चेकजाँच गर्ने क्रममा उनी सवार बा ७४ प ६८४९ नम्बरको मोटरसाइकलसहित उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार