गृहपृष्ठ Featured नेपाल र मरिसस दोस्रो मैत्रीपूर्ण खेलमा भिड्दै

नेपाल र मरिसस दोस्रो मैत्रीपूर्ण खेलमा भिड्दै

नेपाल र मरिससबीच आज दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा भिडन्त हुँदैछ । खेल अपरान्ह ४ः४५ बजे दशरथ रंगशालामा हुनेछ । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल १–० गोलले विजयी भएको थियो । नेपालको जितमा विमल घर्तिमगरले गोल गरेका थिए । हाल फिफा वरीयताको १६९औं स्थानमा रहेको नेपालले अफ्रिकी राष्ट्र मरिससँग पहिलो पटक प्रतिस्पर्धा गरेको हो ।

फिफा वरीयताको १७२औं स्थानमा रहेकाले मरिसस नेपालका लागि समान स्तरको प्रतिद्वन्द्वी हो । यसअघि पहिलो खेलमा मरिससले नेपालविरूद्ध केही आकर्षक अवसर गुमाएको थियो ।

खेलमा एन्फाले दर्शकलाई पनि प्रवेश दिनेछ। अनलाइनबाट टिकट काटेका दर्शकलाई खोप कार्ड देखाएपछि रंगशालामा प्रवेश दिइनेछ ।

सम्बन्धित् समाचार