गृहपृष्ठ Featured बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु

बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु

प्रकाशित मिति:

बर्दिया : बर्दियामा सडक छेउमा आगो तापिरहेकालाई टिपरले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । जिल्लाको बढैयाताल गाँउपालिका–३ सतपतियामा साँझ करिव ९ बजेको समयमा आगो तापिरहेका ५ जनालाई टिपरले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

बर्दियाका जिल्ला प्रहरी प्रमुख एसपी ईश्वर कार्कीका अनुसार हिजो बेलुकी ९ बजेतिर घर अगाडि आगो तापिरहेका ५ जनालाई भे १ क १४९५ नम्बरको टिपरले अनियन्त्रित भई ठक्कर दिँदै टिपर पनि पल्टेको थियो ।

टिपरको ठक्करबाट सतपतियाटोलका ४५ वर्षीय सोम बहादुर विकको घटनास्थलमै र रामु थारुको नेपालगञ्ज नरसिंह होममा उपचारको क्रममा मृत्यु भएको एसपी कार्कीले जानकारी दिए ।

सम्बन्धित् समाचार