सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.१ का वडाध्यक्ष बालकुमारी पन्थ अधिकारीले वडावासीको मन जित्न सफल भएको दाबी गर्नुभएको छ । हर्टविट एफ.एम.९१.३ बाट प्रशारण हुने कार्यक्रम संवादमा बोल्दै वडाध्यक्ष अधिकारीले आफु वडाध्यक्षमा निर्वाचित भईसकेपछि अहिले सम्मको समयावधिमा काम गरेर वडावासीको मन जित्न सफल भएको दाबी गर्नुभएको हो ।
वडाको लागी जति गर्छु भनेर सोचेका केही कुराहरु आर्थिक अभावका कारण पुरा हुन नसकेको उहाँले बताउनुभयो । वडा नं।१ विकासको धेरै सम्भावना बोकेको वडा रहेको बताउँदै उहाँले विकास निर्माण कामहरु सम्पन्न गर्न साथ सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गर्नुभयो । आफ्नो लागी पार्टी नै सर्वस्व भएको र फेरी पनि पार्टीले आफुलाई वडाध्यक्षमा उठ्नका लागी टिकट दिए पछि नहट्ने उहाँको भनाई छ । वडामा भौतिक विकाससंगै शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत आदिको क्षेत्रमा धरै काम गर्न सफल भएको उहाँले बताउनुभयो । उहाँले बालबालिकादेखि वृद्धवृद्धाहरुको लागी पनि वडाले धेरै काम गरेको बताउनुभयो ।
आफु निर्वाचित हुदाँ महिला वडाध्यक्ष भएर वडाको विकास निर्माणमा केही कमी आउँछ की भन्ने जस्तो लागेको तर त्यस्तो केही समस्या नभएको उहाँको अनुभव छ । छाडाचौपया व्यवस्थापनमा काम गर्न नसकेकोमा आफु असन्तुष्ट रहेको उहाँले बताउनुभयो । जति काम आफुहरुले गरेको त्यो कामहरु गर्भ लाग्ने खाल्को भएको उहाँले दाबी गर्नुभयो ।
केही दिन अघिमात्र आफु विरामी भएको अवस्थामा बाटोमा हिडिरहेको र उक्त अवस्थामा एक जना वडावासीले फेरी पनि वडाध्यक्षमा उठ्न आग्रह गरेको उहाँले स्मरण गर्नुभयो । उत्तरमा आफुले ‘तपाई एक जनाको मात्र भोटले जितिदैन्’ भनेको उहाँले बताउनुभयो ।