सागर वि.क.(वैखरी अनलाईन) : कांग्रेसका युवा नेता तिलकराम पाण्डे (टिआर)ले जन्मदिनको अवसरमा गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेका छन् । २६ औं जन्मदिनको अवसरमा बाणगंगा नगरपालिका वडा नं.८ निवासी पाण्डेले बुधबार(आज) मधुबन र बाणगंगाका ३० गरिब तथा विपन्न परिवारलाई न्यानो कपडा सिरक, डसना वितरण गरेका हुन् । जन्मदिनमा केक काट्ने, होटल तथा रेष्टुरेन्टमा पार्टी गरेर पैसा खर्च गर्ने प्रचलनलाई अन्त्य गर्नुपर्ने मान्यतका साथ आफुले यस्तो काम गरेको उनले बताए ।
जन्मदिनमा यसरी गरिब तथा विपन्नको लागी सानो सहयोग गर्न पाउदाँ अत्यन्तै खुशी महसुस भएको बताउँदै उनले जन्मदिनमा सबैलाई केही सकारात्मक काम गर्न समेत आग्रह गरे । नेविसंघका नेता विशाल अधिकारीले पाण्डेललाई जन्मदिनको शुभकामना दिदैं सकारात्मक काम गर्दै यो जाडोमा विपन्नको साहारा बनेकोमा धन्यवाद दिए । उनले आगामी दिनमा पनि जन्मदिन यस्तै सकारात्मक काम गर्दै उदाहरणीय बन्ने विश्वास व्यक्त गरे ।
नेपाली कांग्रेस प्रदेश प्रतिनिधि चन्द्रकान्त पोख्रेल(सिके), कांग्रेस नेता दामोदर न्यौपाने, नेविसंघका नेता विशाल अधिकारी, युवा समाजसेवी आयोग के.सी. लगाउतको उपस्थितिमा गरिब तथा विपन्न परिवारलाई सिरक वितरण गरिएको हो । यो जाडोमा सिरक पाएपछि उनीहरुले खुशी व्यक्त गरेका छन् ।








