गृहपृष्ठ Featured कांग्रेसले कपिलवस्तुका ३ क्षेत्रसहित सबैपालिका चुनाव जित्ने निश्चित ः सभापति कलाम

कांग्रेसले कपिलवस्तुका ३ क्षेत्रसहित सबैपालिका चुनाव जित्ने निश्चित ः सभापति कलाम

प्रकाशित मिति:

वैखरी अनलाइन
नेपाली कांग्रेस कपिलवस्तुका जिल्ला सभापति अब्दुल कलाम खाँले जिल्लाका ३ वटै निर्वाचन क्षेत्रको चुनावसहित १० पालिकामानै चुनाव जित्ने निश्चित रहेको बताएका छन । पछिल्लो ४ बर्षको अवधीमा कपिलवस्तुमा कांग्रेस झन बलियो भएको बताउदै चुनाव जितिने बताउदै तयारीमा लाग्न समेत उनले जिल्लाका नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन ।

 

आन्तरिक मदभेदहरुलाई भूलेर एकजुट हुदैं अबको चुनाव जित्ने लक्ष्यमा केन्द्रित हुनुपर्ने आवश्यता औंल्याएका छन । अब आफुहरुको लक्ष्य सरकार बनाउने भएकाले लक्ष्यभन्दा दायाँबायाँ हुन नहुने उनको भनाई छ । उनले १४औं महाधिवेशनमा निर्वाचित नेतृत्वले सबैलाई मिलाएर लैजानुपर्ने आवश्यता रहेको बताए । आफुलाई जिल्ला सभापतिमा निर्वाचित गराउन सहयोग गर्नेहरुप्रति उहाँले आभार समेत व्यक्त गरेका छन

नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिले बधाई, शुभकामना तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । बाणगंगा नगरपालिकाको चारनम्बर जीतपुरमा रहेको आफ्नै पार्टी कार्यालयमा नेपाली कांग्रेस बाणगंगा नगर कार्य समितिले उक्त कार्याक्रम सम्पन्न गरेको हो ।

सम्बन्धित् समाचार