गृहपृष्ठ Featured आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

आज दिनभर पानी पर्ने र रोकिने क्रम चलिरहने

गएरातिदेखि देशभर पानी परेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको छ । हिमपातका कारण सुदूरपश्चिमका पहाडी क्षेत्रमा यातायात बन्द भएको छ । काठमाण्डौमा पनि गएराति मेघगर्जन र चट्याङ्गसहित पानी परेको छ ।

बिहानीपख आकाश खुलेर एकछिन घाम लागे पनि फेरि आकाशमा डम्म बादल लागेको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिनभर काठमाण्डौ उपत्यका र देशका धेरै ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहनेछ । भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुन थाल्ने उहाँको भनाइ छ ।

पर्सि आइतवारदेखि मात्रै मौसममा सुधार आउने मौसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार