गृहपृष्ठ Featured कपिलवस्तुमा गएरातीदेखि पानी पर्दा कृषकले लगाएका बालीमा क्षति

कपिलवस्तुमा गएरातीदेखि पानी पर्दा कृषकले लगाएका बालीमा क्षति

प्रकाशित मिति:

बसन्ता भुसाल(कपिलवस्तु) : कपिलवस्तुमा गएरातीदेखि परेको वर्षाका कारण किसानले लगाएका तरकारी खेतीमा क्षति पुगेको छ । जिल्लाको बाणगंगा, बुद्धभूमि, कृष्णनगर, मायादेवी, यशोधराका अधिकांश स्थानमा किसानले लगाएका तरकारी बालीमा क्षेति पुगेको किसानहरुले गुनासो गरेका हुन् ।

कृषकले लगाएका आलु, लसुन, टमाटर, गोपी लगायतका तरकारीमा क्षति पुगेको किसानहरुले गुनासो गरेका छन् । आलु खान्नका लागी तयार भएका बेला बेमैसमी बर्षाले आलु कुहिने अवस्थामा पुगेको भन्दै किसान चिन्तित भएका छन् ।

आलुसंगै खेतमा लगाईएको तोरी, मसुरो, केराउ लगायतका दलहन बालीलाई समेत क्षति गरेको कृषकहरुको गुनासो छ । वर्षाले गर्दा ब्यवसायिक आलु खेती गर्ने कृषकहरु बढी मारमा परेका छन् ।

सम्बन्धित् समाचार