गृहपृष्ठ Featured रुपन्देहमा बँदेलको मासुसहित ३ जना पक्राउ

रुपन्देहमा बँदेलको मासुसहित ३ जना पक्राउ

प्रकाशित मिति:

बुटवल : पाँचवटा जंगली बँदेलको मासुसहित रुपन्देही प्रहरीले २ जना भारतीय नागरिकसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोहिणी गाउँपालिका ५ बस्ने बुध्धु पासीसहित भारतीय नागरिक पन्यालाल चमार र अनिल चमार हुन् । इलाका प्रहरी कार्यालय धकधई र प्रहरी चौकी मैनिहवाबाट खटिएको प्रहरी टोलीले शुक्रबार राति रोहिणी गाउँपालिका पिप्रहीयाबाट उनीहरूलाई अवैध रुपमा वन्यजन्तु तस्करी गरेको भन्दै पक्राउ गरेको हो ।

लु १ ह १९५८ नम्बरको अटो रिक्सामा मृत अवस्थाका टाउको नभएका बँदेल भारतबाट नेपालतर्फ ल्याउँदै गर्दा बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक नवरत्न पौडेलले बताए ।

बरामद गरिएको बँदेलसहित तीनै जनालाई डिभिजन वन कार्यालय रुपन्देही पठाएको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार