भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ७ हजार ४७४ जनामा कोभिड १९ संक्रमण देखिएको छ। यस्तै, २ लाख १३ हजार २४६ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या १२ लाख २५ हजार ११ पुगेको छ।
हाल भारतमा दैनिक संक्रमण दर ७।४२ रहेको छ।
संक्रमणका कारण थप ८६५ जनाको मृत्यु भएको छ। यससँगै मृतकको संख्या ५ लाख १ हजार ९७९ पुगेको छ।