दाङ : दाङमा स्थानीयलाई त्रसित पारेको आरोपमा प्रहरीले घरेलु हातहतियारसहित सात जनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका-३ भ्युडरस्थित मदिरा सेवन गरी स्थानीयलाई त्रसित पारेको भन्दै तुलसीपुरका सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका(९ निवासी २५ वर्षिय सन्तोष बस्याल, सोही ठाउँका १६ वर्षिय मनोज विक, २३ वर्षिय पोषण ओली, १७ वर्षिय विवेक बस्नेत, २१ वर्षिय अलिज मिया, वडा नं. ६ निवासी २१ वर्षिय केतु ओली र वडा नं. ९ निवासी १८ वर्षिय मोहन बस्नेत रहेका छन् ।
प्रक्राउ परेकाहरुबाट तीन थान हसिया, बन्चरो एक थान, खुडा एक थान र पेस्तोल आकारको लाइटर एक थान बरामद गरेको प्रहरी नायब उपरिक्षक मुकुन्दप्रसाद रिजालले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।