गृहपृष्ठ Featured मानव बेखबिखनबाट पीडीत तथा प्रभावितहरुको सहयोगका लागि तौलिहवामा छलफल

मानव बेखबिखनबाट पीडीत तथा प्रभावितहरुको सहयोगका लागि तौलिहवामा छलफल

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको तौलिहवामा मानव बेखबिखनबाट पीडीत तथा प्रभावितहरुको सहयोगका लागि बार्षिक सार्वजनिक छलफल कार्यक्रम सम्पन्न भएको छ । माईती नेपाल लगायतका संस्थाको सहयोगमा कपिलवस्तु नगरपालिकाद्धारा आयोजित कार्यक्रममा उपमेयर लक्ष्मी गुप्ताले चेलीबेटी बेचविखन न्युनीकरण तथा महिला हिंसा न्युनीकरणक लागि गाउँगाउमा जनचेतना मूलक कार्यक्रम संचालन गर्नु पर्ने बताईन् । उनले नगरपालिकाको न्यायिक समितिमा महिला हिंसा सम्बन्धी उजुरी नपरेको भन्दै हिंसा पीडीत महिलाकालागि नगरपालिकामा २ लाखको कोष खडा भएको बताईन । प्रहरीको महिला सेलको सिफारिसमा कोषबाट पीडीतलाई रकम प्रदान गरिने उनले बताईन ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले नगरपालिकामा महिला हिसा सम्बन्धी निबेदन र तथ्याक नहुदा समस्या पर्ने गरेको बताए । उनले महिला हिंसा घरमा लु्काउने चलन रहेको र न्यायिक समिति प्रति बिश्वास नभएकाले नगरपालिकामा हिंसा सम्बन्धी अझै सम्म एउटा पनिउजुरी नपरेको उनले बताए । उनले महिला हिंसा न्युनीकरणकालागि ब्यापकरुपमा जन चेतना कार्यक्रम संचालन गनर््ु पर्ने बताए । कानुन ब्यवसायी भोला बिश्वकर्माले चेलीबेटी बेचखिबनको समस्या अझै सम्म न्युनीकरण नभएको भन्दै पीडकलाई कडा कानुको ब्यवस्था भए पनि प्रहरीले बेचबिखनलाई शरीर बन्धक भन्दै मुद्दा चलाउदा समस्या परेको बताए ।

उनले अदालतमा बाह्र तेह्र बटा मात्र बेचबिखनको मुद्दा चलेको भन्दै महिला हिंसा न्युनीकरण र चेखीबेटी बेचबिखान बिरुद्ध सशक्तरुपमा अघि बढनु पर्ने बताए । कार्यक्रममा पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, महिला सेलकी पार्वत ग्ुप्ता, कनिज फातिमा, कमला बेल्बासे, गोमा परियार, परियोजन संयोजक माया क्षेत्री लगातयले महिला हिंसा न्युनीकरणका लागि सबैले हातेमालो गर्नु पर्ने बताए ।

 

सम्बन्धित् समाचार