गृहपृष्ठ Featured दाङमा ८ किलो चरेससहित एकजना पक्राउ

दाङमा ८ किलो चरेससहित एकजना पक्राउ

प्रकाशित मिति:

दाङ : दाङ प्रहरीले आठ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ । पूर्वी रूकुमको चुनावाङका दलबहादुर विक आठ किलो चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरिक्षक तथा प्रवक्ता मुकुन्द रिजालले बताए ।

चरेसको कारोबार भइरहेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले बिकलाई पक्राउ गरेको जनाइएको छ । उनलाई बसपार्कबाट पक्राउ गरी थप कानुनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।

सम्बन्धित् समाचार