गृहपृष्ठ Featured ८ लाख मात्रा एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

८ लाख मात्रा एस्ट्राजेनिका खोप नेपाल आइपुग्यो

प्रकाशित मिति:

काठमाण्डौ : बेलायतले नेपाललाई दिने २१ लाख मात्रा कोरोनाविरुद्धको खोपमध्ये आठ लाख मात्रा आज सोमवार काठमाण्डौ आइपुगेको छ ।कतार एअरलाइन्समार्फत आठ लाख मात्रा एस्ट्राजेनेकाको खोप नेपाल आइपुगेको नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले जानकारी दिनुभएको छ ।

बाँकी १३ लाख मात्रा खोप छिटै आइपुग्ने पनि उहाँले बताउनुभएको छ । नेपाललाई खोप सहयोग गर्न पाउँदा निकै खुसी लागेको उहाँले बताउनुभयो । बेलायतले नेपाललाई कोभ्याक्स सुविधामार्फत खोप दिएको हो ।

नेपालमा खोप महत्त्वपूर्ण भएको र खोपको सकारात्मक नतिजा देखिएकाले बेलायतले नेपाललाई सहयोग गरिरहने पनि राजदूत पोलिटले बताउनुभएको छ ।

सम्बन्धित् समाचार