गृहपृष्ठ Featured सुन र चाँदीको मूल्य बढ्यो

सुन र चाँदीको मूल्य बढ्यो

काठमाडौं : बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा २० रुपैयाँले वृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले बुधबारका लागि छापावाल सुनको प्रतितोला मूल्य ९३ हजार चार सय र तेजावी सुनको मूल्य ९२ हजार ९ सय रुपैयाँ तोकेको छ ।

मंगलबार छापावाल सुन तोलामा ९३ हजार एक सय र तेजावी ९२ हजार ६ सय रुपैयाँमा खरिद बिक्री भएको थियो । मंगलबार तोलामा १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको प्रतितोला मूल्य २० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

सम्बन्धित् समाचार