गृहपृष्ठ Featured निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी

निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं : सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै त्यसका लागि निर्वाचन अयोगले तयारी थालेको छ । सरकारले बैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने घोषणा गरेको छ । आयोगले केही दिनमा स्थानीय तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ ।

हाल आयोगले निर्वाचन कार्यतालिका सार्वजनिक, निर्वाचन कार्यालय स्थापना, निर्वाचन अधिकृत नियुक्तिदेखि निर्वाचनसम्मका कार्यक्रम समेटिने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् । साथै कार्यतालिकामा उम्मेदवारी दर्ता, दाबी विरोध, चुनाव चिह्न प्रदान, चुनाव र मतगणनासम्मको कार्यक्रम हुनेछ ।

मतदाता नामावलीलाई अन्तिम रूप दिने, निर्वाचन कार्यतालिका बनाउने तथा निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने सामग्री खरिदको प्रक्रियासमेत अगाडि बढेको उनले बताए ।

चुनावका लागि आवश्यक पर्ने भवन, गाडी, फर्निचर वा अन्य भौतिक साधनको अवस्था र व्यवस्थापनको प्रक्रिया समेत सुरु भैरहेको थपलियाको भनाई छ ।

सम्बन्धित् समाचार