पूराना धार्मिक सम्पदा मास्ने क्रम बढी रहेको छ । आधुनिक खालका घर भवन बन्ने क्रम धमाधम भइरहेको छ । ऐतिहासिक महत्व बोकेका धार्मिक सम्पदाको संरक्षण नहुदा गाउँघरमा हराउन पुगेका छन् ।
ऐतिहासिकता झल्काउने धार्मिक सम्पदा भएपनि महत्वलाई पहिचान गर्न नसक्दा अस्तित्व नै नरहने गरी हटाउन थालिएको छ । पाल्पा रामपुरमा रहेको ऐतिहासिक लक्ष्मीनारायण धर्मशाला (गुठी) भवनलाई संरक्षण गर्दै पूरानै शैलीमा पुर्नः निर्माणको काम भइरहेको छ ।
कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको धर्मशाला विसं २०७२ को भूकम्पले भवनमा क्षति पु¥याएपछि पौराणिक अस्तित्व बचाइ राख्न अहिले पूरानै शैलीमा पुनः निर्माणको काम धमाधम चल्दैछ ।