वैखरी अनलाइन
अर्घाखाची जिल्लाको शितगंगा नगरपालिका वडा नः १३ का वडा अध्यक्ष दुर्गा बहादुर बिसिले चुनाव नजिक आएसगं हावादारी प्रचार गर्न सुरु गरेका छन । वडाको मुसिवान खोलामा पुल बनाउन सम्भाब्यता अध्ययन गरेको कुरालाई उनले सर्वे गरेको भन्दै हावादारी प्रचार गरेपछि अहिले उनी हासोको पात्र भएका छन ।
पुल बन्नका लागी कहीँ कतैबाट बजेटको ब्यवस्था नभएको समयमा उनले पुल बन्ने भयो भन्दै समेत प्रचार गर्न भ्याएका छन । गरेको कामको प्रचार गर्नु स्वभाविक भएतापनि हुदै नभएको काम गरे भन्दै प्रचार गर्नु लज्जास्पद भएको स्थानिय युवा तारापति बिसिले बताए ।
वडा अध्यक्ष बिसिले चुनाव नजिक आएसगैँ नगर र प्रदेश सरकारका सासंदले गरेको काम पनि आफले गरेको भन्दै हावादारी कुराकानी गर्दै आफनो चुनावी माहोल अगाडी भएका छन ।
वडाका अधिकांश योजना लक्षित बर्गका कार्यक्रम राखेका अध्यक्षले आफु र आफु निकटका लाई सधै ति कार्यक्रम दिदा आर्थिक अन्यमितता पनि हुने गरेको स्थानियको आरोप छ ।