गृहपृष्ठ Featured ट्राफिककै सेटिङमा भारतीय गाडी रुपन्देहीमा, नेपाली ब्यवसायी मारमा

ट्राफिककै सेटिङमा भारतीय गाडी रुपन्देहीमा, नेपाली ब्यवसायी मारमा

प्रकाशित मिति:

वैखरी अनलाइन
ट्राफिक प्रहरीकै सेटिङ भारतीय यात्रुबहाक बस नेपालको रुपन्देही र कपिलवस्तुमा आउन थालेपछि नेपालका बस ब्यवसायी मारमा परेका छन । नियम बिपरित ति भारतीय बसहरु रुपन्देही तथा कपिलवस्तुबाटनै यात्रुहरु बोकेर कृष्णनगर सिमा हुदै भारत लैजान थालेपछि नेपाली बस ब्यवसायीहरु मारमा परेका हुन ।

बुधबार मात्र बुटवल स्थित लुम्बिनि प्रादेशिक अस्पताल पछाडी रहेको इट्टाभट्टी लाइनमा सिधै भारतीय साना तथा ठुला बसले यात्रु बोक्न थालेपछि नेपाली बस ब्यवसायीहरु मारमा परेका हुन । यसरी दैनिक रुपमा ४ देखि७ वटासम्म साना ठुला भारतीय बसले नेपाली यात्रु नियम बिपरित रुट बिना नेपालमै आई यात्रु लैजादै गरेका छन ।

नेपाली बसहरु सिमा पार गरेर पारी जान नसक्ने अवस्थामा ट्राफिक प्रहरीकै सेटिङ रुपन्देहीको बुटवलबाट यसरी यात्रु बोकेर लैजाने काम भइ रहेको पाइएको छ । यस बिषयमा रुपन्देही र कपिलवस्तु प्रशासनले पनि चासो नदिदा झनपछि झन नेपाली बस ब्यवसायीहरु मारमा पर्ने गरेको नेपाली बस ब्यवसायी सागर थापाले वैखरी अनलाइनलाई बताए ।

भारतीय गाडीले सिधै नेपाल आएर यात्रु लैजादा ट्राफिकलाई प्रति गाडी नेपाली ३ हजार २ सय रुपैया( आइसि २ हजार रुपैया) दिएर नेपाल आउने सेटिङ मिलाउने गरेको उनले आरोप लगाएका छन । नियमानुसार नेपाल भारत मैत्री बस बाहेक अन्य बसले नेपाली यात्रु नेपालभित्रबाटनै सिधै लैजान नपाउने ब्यस्था रहेकोे छ । यस बिषयमा रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व कुवँरले ति बसलाई कृष्णनगर नाकामै रोक्नु पर्ने बताउदै रुपन्देहीको हकमा अव यस्ता घटनालाई हुन नदिने बताए । यता कपिलवस्तु जिल्लाका जिल्ला प्रमुख अधिकारी(सिडियो) को फोन उठेन ।

सम्बन्धित् समाचार