काठमाडौँ : युक्रेनसँग विवाद चर्किरहेको बेला रुसले बेलारुसँग मिली सैन्य अभ्यास गर्ने भएको छ । दुवै देशका सेनाहरूले १० दिनसम्म संयुक्त रुपमा सैन्य अभ्यास गर्ने बीबीसीले उल्लेख गरेको छ ।
रुसले बेलारुससँग संयुक्त रुपमा गर्न लागेको यो सैन्य अभ्यास शीतयुद्धपछिकै सबैभन्दा ठूलो सैन्य अभ्यास भएको नेटोको भनाइलाई उद्धृत गर्दै बीबीसीले बताएको छ ।
पछिल्लो समय रुस र युक्रेनबीच भइरहेको तनावका बीच यस्तो विषय बाहिर आउनु राम्रो नभएको र तनावलाई अझ बढाउने कोसिस भएको संयुक्त राज्य अमेरिकाले जनाएको छ ।
३० हजार रूसी सेनाले उक्त संयुक्त अभ्यासमा भाग लिने बताइएको छ ।