गृहपृष्ठ Featured फागुन २ गतेको प्रतिनिधिसभा बैठक सार्न एमालेको आग्रह

फागुन २ गतेको प्रतिनिधिसभा बैठक सार्न एमालेको आग्रह

प्रकाशित मिति:

काठमाडौँ : प्रमुख विपक्षी दल नेकपा ९एमाले०ले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सार्न सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरेको छ ।

सरकारले अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल गर्ने तयारीसहित २६ गतेको बैठक फागुन २ गतेका लागि सार्न आग्रह गरेपछि सभामुखले फागुन २ गतेका लागि बैठक तोकेका थिए ।

त्यस दिन एमालेले विराटनगरमा प्रदेश १ स्तरीय भेला आयोजना गरेको छ । एमालेले फागुन २ गते नै प्रदेशस्तरीय भेला राखेका कारण त्यसदिन बैठक नराख्न संघीय संसद् प्रतिनिधिसभा सचिवालयका सचिव गोपालनाथ योगीलाई आग्रह गरिसकेको छ ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बैठक स्थगित गर्न सचिवमार्फत् आग्रह गरेका हुन् ।

प्रदेशस्तरीय भेलामा प्रदेशभित्रका जिल्लाका इञ्चार्ज र सहइञ्चार्ज, पार्टी पदाधिकारी र स्थानीय तहका प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्षहरु र प्रदेशभित्रका सबै सांसद्हरु सहभागी हुनुपर्ने भएकाले प्रतिनिधिसभाको बैठक स्थगित गर्न भनिएको उनले बताए ।

संसद् सचिवालयले एमालेलाई सभामुखलाई जानकारी गराएपछि बैठक सर्ने नसर्ने विषयमा जानकारी दिने बताएको छ ।पछिल्लो समय प्रतिनिधिसभाको बैठक निरन्तर रुपमा स्थगित हुँदै आएको छ ।

सम्बन्धित् समाचार