कपिलवस्तु : कपिलवस्तुको जगदिशपुरबाट एक ४५ बर्षीय पुरुष बेपत्ता भएका छन् । माघ २० गते राति पोखराबाट कञ्चनपुर जानका लागी हिडेका भान सिंह कडायत नाम गरेका पुरुष माघ २१ गते कपिलवस्तुको जजगदिशपुरसम्म आउँदा सम्पर्कमा रहेको त्यसपश्चात् सम्पर्कबिहिन भएको बेपत्ता पुरुषका जेठा छोरा रमेश कडायतले बताए ।
गहुँ गोरो बर्णका भएका भान सिंह कडायतले रातो टिसर्ट,कालो पाईन्ट, खैरो रङ्को जुता,सेतो क्याप र खरानी रङ्को ज्याकेट लगाएको पारिवारिक स्रोतले बताएको छ । उनको अन्दाजी उचाई ५.५ फिट रहेको र केही समय पहिला उनको मानसिक सन्तुलन कम रहेको तर पछि सुधार भएको बताईएको छ ।
कडायत हराएको दिनदेखीनै खोजीका लागी पुलिस प्रशासन र मिडीयामार्फत सुचना सम्प्रेषण गर्दा पनी आजसम्म फेला नपरेको र फेला पार्नेले नजिकको प्रहरी कार्यालय वा फोन नम्बर ९८६३४०२४०८,९८६८७७५६०८ र ९७४५४५०५३५ मा सम्पर्क गरि सहयोग गर्नका लागी परिवारिक स्रोतले अनुरोध गरेको छ ।