नेपालगन्ज : बाँके प्रहरीले लागूऔषध सहित बिहीबार दुई जनालाई नेपालगन्जबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट प्रहरी सहायक निरीक्षक विवेक अधिकारीको नेतृत्वमा खटिएको टोली र लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेका हुन् ।
प्रतिबन्धित लागूऔषध ब्राउनसुगर बिक्री भइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूमाथि आवश्यक जाँच गर्दा ५२ ग्राम पाँच सय मिलिग्राम ब्राउनसुगर फेला परेको जनाएको छ ।
तुर्माखाद गाउँपालिका–७ अछामका १८ वर्षीय प्रेम चलाउने र पञ्चदेवल बिनायक नगरपालिका–४ अछामकै १८ वर्षीय गौरव विष्टलाई नेपालगन्जको बसपार्कबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरू दुवैजना बसपार्कमा बस्दैआएका थिए ।