गृहपृष्ठ Featured आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न वाइडेनको निर्देशन

आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न वाइडेनको निर्देशन

प्रकाशित मिति:

अमेरिकी राष्ट्रपति जो वाइडेनले बाँकी रहेका आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न निर्देशन दिएका छन्। रुसी सेनाको आक्रमणको जोखिम बढेको भन्दै राष्ट्रपति वाइडेनले आफ्ना नागरिकलाई तत्काल युक्रेन छाडन भनेका हुन्।

राष्ट्रपति वाइडेनले भनेका छन्, ‘मस्कोले आक्रमण गर्यो भने त्यहाँ फसेका अमेरिकनहरुलाई उद्दारका लागि फौज पठाउँदिन्।’ राष्ट्रपति वाइडेनले मस्कोले युक्रेनमामाथि जुनसुकै बेला आक्रमण गर्न सक्ने चेतावनी दिएका छन्।

मस्कोले युक्रेनको बोर्डरमा झण्डै एक लाख रुसी सेना परिचालन गरिसकेको छ। तर रुसले युक्रेन माथिको संभावित आक्रमणको अस्विकार गर्दै आएको छ।

सम्बन्धित् समाचार