काठमाडौं : सत्तारुढ नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले एमसीसीको विषयलाई निर्वाचनपछि सार्ने प्रस्ताव गर्नुभएको छ । बिहीबार राति प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँगको टेलिफोन सम्पर्कमा अध्यक्ष दाहालले निर्वाचनपछि सार्न प्रस्ताव गर्नुभएको हो ।
जवाफमा एमाले अध्यक्ष ओलीले सरकारसँग बहुमत भएकाले पास गर्नेजस्ता गैरजिम्मेवार जवाफ दिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो ।
ओलीले गैरसांसद संसदमा रहँदासम्म संसद चल्न नदिने अडान राख्नुभएको उहाँले जानकारी दिनुभयो ।
त्यसअघि माओवादी अध्यक्ष दाहालले एमसीसी आर्थिक परियोजना मात्र नभएर राष्ट्रिय राजनीतिको मुद्दा बनिसकेको भन्दै सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
अध्यक्ष दाहालले एमसीसीको सन्दर्भमा एमालेको धारणा स्पष्ट गर्न अनुरोध गर्दै राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गर्नुपर्ने बताउनुभएको थियो ।
प्रचण्डकाे स्वकीय सचिव रमेश मल्लकाे स्टाटस
हिजो बेलुकी हाम्रो पार्टी अध्यक्ष कमरेड प्रचण्ड र नेकपा(एमाले)का अध्यक्ष केपि ओलीका बीचमा फोन सम्वाद भएको हो।अध्यक्ष कमरेड प्रचण्डले,-” MCC अहिले सामान्य आर्थिक सहयोगको परियोजना मात्र रहेन, यो राष्ट्रिय राजनीतिको मुद्दा बनिसक्यो । यसमा सत्तापक्ष र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गरौं । यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं । देश अहिले निर्वाचनमा होमिएको र MCC मा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं” भन्नुभएको हो।तर अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापुर्वक लिनु भएन। उहाँले बरु तपाईंहरुसङ्ग बहुमत छ, पास गर्नुस। तर गैर संसदमा रहदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भएको हो। यसबारे अरु कुनै भ्रम रहन जरुरी छैन।