काठमाडौं : चार देशिय टी-२० सिरिजको पहिलो खेलमा नेपालले घरेलु टोली ओमानविरुद्ध पहिले बलिङ गरेको छ । नेपालका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् ।
आजको खेलमा नेपालका विवेक यादव र सागर ढकालले अन्तर्राष्ट्रिय टि-२० किक्रेटमा डेब्यू गरेका छन् । नेपालका प्रशिक्षक पुबुदु दासानायकेले आजको खेलमा करण केसी, कुशल भुर्तेल, साहब आलम, कुशल मल्ल, लोकेश बम र जितेन्द्र मुखियालाई बेन्चमा राखेर दुईजनालाई डेब्यू गराएका हुन् ।
घरेलु टि-२० प्रतियोगिता प्रधामन्त्री कपमा सानदार प्रदर्शन गरेका विवेक र सागर पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका थिए । पहिलो खेलमै उनीहरूले डेब्यूको अवसर पाएका हुन् । विवेक तीव्र गतिमा बलिङ गर्नुको साथै विष्फोटक ब्याटिङ गर्छन् भने सागरले स्पिनरको रुपमा आक्रमक बलिङ गर्ने गर्छन् ।
नेपाल र ओमानबीच हालसम्म एक मात्र टि-२० खेल २०१९ मा हुँदा ओमानले नेपाललाई ६ विकेटले पराजित गरेको थियो । नेपालले उक्त प्रतियोगितामा ६४ रन मात्र बनाएर सस्तैमा आउट भएको थियो ।