काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सातदोबाटो युथ क्लबले नेपाल पुलिस क्लबलाई १-० ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शनिबर सातदोबाटोको जितमा आकाश बुढा मगरले गरेको गोल निर्णायक बन्यो।
उनले १९औं मिनेटमा पहिलो हाफमा पेनाल्टीमार्फत् गोल गरेका थिए। आकाशलाई पेनाल्टी बक्समा हेमन्त श्रेष्ठले फउल गरेपछि सातदोबाटोले पेनाल्टी पाएको थियो।
सातदोबाटोले १० खेलबाट १५ अंक जोड्दै पाँचौं स्थानमा छ। पुलिसले समान खेलमा १० अंक जोडेको छ।