अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाका अध्यक्ष अच्युत गौतमले सहकारीमार्फत समृद्ध बनाउँने बताएका छन् । गाउँपालिकाले कृषकहरुलाई समृद्ध बनाउँन कृषि र पशुपालनलाई प्राथमिकता दिएको बताए ।
पाणिनीको पोखराथोकमा शिवशक्ती बहुउद्देश्यीय सहकारी संस्थाको कार्यालय भवन तथा प्रारम्भीक साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष गौतमले भैसी तथा गाईपालक कृषकहरुको लागी उत्पादनका आधारमा अनुदान दिएको बताए । उनले् कृषि र पशुपालनबाट मात्रै समृद्ध सम्भव रहेकोले गाउँपालिकाले प्राथमिकता दिएको बताए ।
कार्यक्रममा पाणिनी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी गौतमले सहकारी संस्था उत्पत्ती गर्ने मात्र नभई आर्थिक समृद्धीको बाटोमा लाग्न आग्रह गरिन् । गाउँमै रहेका महिला तथा युवाहरुलाई रोजगार दिने गरी अगाडी बढ्न आग्रह गरिन् ।
उद्घाटन कार्यक्रममा पाणिनी वडा नं. १ का वडाअध्यक्ष शालिकराम भट्टराई, पाणिनी कृषि शाखा प्रमुख मेगराज पौडेल, पत्रकार महासंघ अर्घाखाँचीका सदस्य घनश्याम पौडेल, हरि पोख्रेल, कृष्णप्रसाद घिमिरे, देवराज गौतम लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको उद्घाटन सत्र सहकारीका अध्यक्ष अर्जुन पोख्रेलको अध्यक्षता, सचिव रेवती पौडेलको स्वागत र यदुनाथ पोख्रेलको सञ्चालनमा सम्पन्न भएको हो । आर्थिक प्रतिवेदन सहकारी संस्थाका कोषाध्यक्ष चन्द्रकान्त पौडेलले प्रस्तुत गर्नुभएको हो ।
१२५ शेयर सदस्य रहेको सहकारीको २० लाख १५ हजार शेयर रकम संकलन भएको छ । प्रथम प्रारम्भीक साधारण सभाले अर्जुन पोख्रेलको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको छ । जसको उपाध्यक्षमा चन्द्रकान्त पौडेल, सचिवमा रेवती पौडेल र कोषाध्यक्षमा विष्णु पाण्डे चयन भएका छन् । लेखासमितीको संयोजकमा अर्जुन थापा मगर र ऋण लगानी समितीको संयोजकमा विष्णुभक्त पोख्रेल निर्वाचित भएका छन् ।