कपिलवस्तु : कपिलवस्तुमा बिगत १२ बर्षदेखि हात्ती पाईले रोग निवारणको अभियान असफल भएपछि सो रोगको अवस्था पत्ता लगाउन फेरी जिल्लामा सर्वे गरिने भएको छ । किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडाले तौलिहवामा राखेको हात्तीापईले रोग निवारण सम्बन्धि रि प्रिटेस्ट सर्वे कार्यक्रमको जिल्ला स्तरीय अभिमुखीकरणमा सो जानकारी गराइएको हो । तालिम केन्द्रका निर्देशक रबिचन्द्र घिमिरेले कपिलवस्तुका २ पालिकाका ६ सय जनामा नमुना परिक्षण गरिने बताए ।
हात्तीपाइले रोगी बढी रहेको २ पालिकाको ६ सय जनामा सो सर्वे गर्न लागिएको हो । क्षेत्र महाराजगंज नगरपालिका वडा नम्बर १ मा ३ सय र कृष्णनगर नगरपालिका वडा नम्बर ८ र ९ मा ३ सय जनामा सर्वे गरिने निर्देशक घिमिरेले बताए । हात्ती पाईले रोगको औषधी सेवाको अवस्था पत्ता लगाउन चेक स्पोर्ट साईड लागतयतका कुराहरुको सर्वे गरिने छ । उनले बिगत १२ बर्ष देखि कपिलवस्तुमा हात्तीपाईले रोग निवारणको महाअभियान चले पनि अझै सम्म ससाढे १२ प्रतिशत बढीमा रोगको जीवाणु फेला परेकोे बताए । हात्तीपाईले रोग बिरुद्धको औषधी ५ बर्ष सेवन गरे यो रोगबाट बच्न सकिन्छ ।
उनले सबै सबै सरोकारवलालो रोग निवारणका लागि साथ नदिए सम्म कपिलवस्तुबाट हात्तीपाईले रोगको निवारण हुन गाह्रो हुने बताए । प्रजिअ चक्रपाणी पाण्डेयले हात्रीर्पाले रोग निवारणकालागि सबैले ईमान्दारीपुर्वक औषधी सेवन गर्नू पर्ने बताए । उनले रोग बिरुद्धको अभियानमा सबैले सहयाग गर्नु पर्ने बताए । स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले अभियानमा पालिकाले पनि साथ दिनु पर्ने पर्ने बताए । उनले सबैले ईमान्दारीपुर्वक ओषधी सेवन गर्न आग्रह गरे ।








