बर्दिया : बर्दियाको बाँसगढी नगरपालिकामा आज दिउँसो बेहुली पुर्याएर फर्किँदै गरेको ट्र्याक्टर पल्टिँदा एक जनाको ज्यान गएको छ । १६ जना घाइते भएका छन् ।
ट्र्याक्टर पल्टिँदा ठाकुरबाबा(७ का अन्दाजी १८ वर्षीय सुमन थारुको ज्यान गएको इलाका प्रहरी कार्यालय बाँसगढीले जनाएको छ ।
ठाकुरबाबा नगरपालिका(७ बाट बाँसगढी नगरपालिका-४ बठुवामा बेहुली पठाउन गएको भे २ त १३१६ नम्बरको ट्र्याक्टर फर्कने क्रममा बसपार्क नजिक बठुवा जाने चोकमा पल्टिएको थियो ।
घाइते १६ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।