गृहपृष्ठ Featured शिवराज- २ का अध्यक्ष चौधरीसहित ४०० जना बढी कांग्रेसमा प्रवेश

शिवराज- २ का अध्यक्ष चौधरीसहित ४०० जना बढी कांग्रेसमा प्रवेश

नवराज पौडेल (कपिलवस्तु) : पछिल्लो समय नेपाली कांग्रेस जनप्रतिनिधीको रोजाई बन्दै गएको छ । कपिलवस्तुका विभिन्न पालिकाका प्रमुख तथा वडा अध्यक्ष,लगाएत जननिर्वाचित जनप्रतिनिधीहरु एकाएक कांग्रेसमा प्रवेश गरिरहेका छन् । आज शिवराज नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष राम बहादुर चौधरी र वडा सदस्यहरु,जयसराम अहिर, प्रभु थारु, चिन्का पासिन सहित विभिन्न पार्टी परित्याग गरि ४०० बढी सर्मथक पार्टी प्रवेश गरेको नेपाली कांग्रेस कपिलवस्तुले जनाएको छ ।
गत माघ २२ गते शनिबार कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताव शाह सहित करिव ४ हजार बढी कांग्रेसमा प्रवेश गरेका थिए । थारुलाई पार्टि सदस्यता प्रदान गर्दै लुम्विनी प्रदेश सभापति अमरसिंह पुनले नेपाली कांग्रेसमा स्वागत गर्नुभएको छ । शभापति पुनले वडा अध्यक्ष थारुको नेपाली कांग्रेसमा प्रवेशले कपिलवस्तु शिवराजमा कांग्रेस थप वलियो भएको विश्वास व्यतm गर्नुभएको छ । पुनले आउदो स्थानिय तहको चुनावमा शिवराजलाई कांग्रेसमय बनाउनका लागी गुट उपगुटको पछि नलागी पार्टीको निर्देशन अनुसार चल्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नुभएको छ ।
कार्यक्रममा वडा अध्यक्ष थारुलाई पार्टिका लुम्विनी प्रदेश महामन्त्री सुरेन्द्रराज आर्चाय , जिल्ला सभापति अव्दुल कलाम, अर्घाखाचीं जिल्लका सभापती विस्नु मुस्कान, जिल्ला उपसभापति हुमकान्त खनाल, सचिव प्रेम बहादुर रायमाझी,जिल्ला सदस्यहरु इश्वरी पाण्डेय,केशव पाण्डेय, युवा नेता अजय थापा लगाएतका नेताहरुले सुभकामना व्यक्त गरेका छन । थारुले नेपालको विकाशील र लोकतान्त्रीक पार्टि नेपाली कांग्रेस भएको ठहर गर्दै आफु कांग्रेस प्रवेश गरेको वताउनुभएको छ । वडाका विकासमा समेत थप टेवा पुग्ने अध्यक्ष थारुले बताउनु भयो ।

सम्बन्धित् समाचार