गृहपृष्ठ Featured महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश राणा निलम्बनमा

महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश राणा निलम्बनमा

प्रकाशित मिति:

काठमाडौं : संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा निलम्बनमा परेका छन्। नेपालको संविधानको धारा १०१ अनुसार राणा निलम्बनमा परेका हुन्।

राणाविरूद्ध सत्तारूढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले आइतबार बिहान महाअभियोग दर्ता गरेका हुन्। महाअभियोग दर्ता गर्नेमा सांसदहरू गगन थापा, मीनेन्द्र रिजाल, जीवनराम श्रेष्ठ, पुष्पा भुसाल, देव गुरूङलगायत छन्।

संसदमा महाअभियोग दर्ता भएपछि अब प्रधानन्यायाधीश राणा स्वतस् निलम्बनमा पर्छन्। मन्त्रिपरिषदमा भागबन्डा खोजेको, विभिन्न मुद्दाहरूमा सौदाबाजी गरेको आरोप लागेका प्रधानन्यायाधीश राणाविरूद्ध न्याय क्षेत्रभित्रैबाट आन्दोलन भइरहेको छ।

केही समयअघि सर्वोच्चका न्यायाधीशहरूले नै राणाको राजीनामा माग्दै इजलास बहिष्कार गरेका थिए। नेपाल बार एसोसिएसनले उनको बहिर्गमन माग गर्दै अहिलेसम्म आन्दोलन गरिरहेको छ।

सम्बन्धित् समाचार