गृहपृष्ठ Featured दुवईबाट आएका चिनियाँ नागरिक झन्डै ४ किलो सुनसहित पक्राउ

दुवईबाट आएका चिनियाँ नागरिक झन्डै ४ किलो सुनसहित पक्राउ

प्रकाशित मिति:

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले अवैध रुपमा भित्र्याएको सुन सहित एक चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको छ।विमानस्थलमा खटिएको सुरक्षाकर्मीले चिनिया नागरिकले ल्याएको ४ केजी ८ सय ४० ग्राम सुन बरामद सहित उनलाई नियन्त्रणमा लिएको हो।

चिनियाँ नागरिक शनिवार बिहान साढे ९ बजे हिमालयन एअरलाइन्सको उडान नम्बर एच ९५६६ मार्फत् दुबईबाट काठमाडौं आएका थिए।

अर्ध ठोस अवस्थामा करिब ४ किलो ८ सय ४० ग्राम सुन भेटिएको हो।

उनले ल्याएको सुनको मूल्य साढे ३ करोड रुपैयाँ भन्दा बढी पर्न आउँछ।

सम्बन्धित् समाचार