गृहपृष्ठ Featured प्रदेश स्थापना दिवस : तरुण दल र नेविसंघ कपिलवस्तुले विपन्न परिवारलाई सहयोग गरि मनाए

प्रदेश स्थापना दिवस : तरुण दल र नेविसंघ कपिलवस्तुले विपन्न परिवारलाई सहयोग गरि मनाए

प्रकाशित मिति:

कपिलवस्तु : नेपाल तरुण दल र नेविसंघ कपिलवस्तुले लुम्बिनी प्रदेश स्थापना दिवस गरिब तथा विपन्न परिवारलाई सहयोग गरि मनाएका छन् । दिवसको अवसरमा “सामाजिक कार्यमा हाम्रो अभियान“ भन्ने अभियानलाई सार्थकता दिदैं नेपाली कांग्रेसका यी दुई भातृसंगठनले गरिब तथा विपन्न परिवारलाई सहयोग गरि मनाएका हुन् । बाणगंगा नगरपालिका वडा नं.५ कोपवा निवासी अति बिपन्न सङ्गै शारीरिक अशक्तता अपाङ्ग हुनुभएका घिराउ थारु, थौली थारू, गुडिया थारू र फुल कुमारी बिश्वकर्माको परिवारलाई लत्ताकपडासहित खाद्यान्न सामग्री प्रदान गरिएको नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले जानकारी दिनुभयो ।

दाल, चामल, तेल, नुन, स्वाबिन, सिरक, डसना लगायतका करिब ४० हजार बराबरको सामग्री हस्तान्तरण गर्दै प्रदेश स्थापना दिवस मनाएको नेपाल तरुण दल कपिलवस्तुका सभापति तथा नेपाली कांग्रेसका जिल्ला सचिव शक्ति सिंह ठकुरीले बताउनुभयो । कार्यक्रममा नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेलले नेविसंघ र तरुण दलले सधैंझै बिपन्न परिवारको दुखमा मलम लगाउने र उनिहरुको सुखदुःखमा सारथी बनेको बताउँदै समाजमा नेतृत्व गर्नेले हरेक बर्ग जातिको समस्या बुझेर सहयोग गर्दै अगाडि बढ्नुपर्ने बताउनु भयो । यस्तै नेपाली कांग्रेस जिल्ला सचिव शक्ति सिंह ठकुरीले समाजमा रहेका हरेक ब्यक्तिहरु कोहि पनि बिपन्नताबाट गुज्रिन नपरोस् भन्ने उद्देश्यले निरन्तर सहयोग गर्दै आईरहेको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

यस्तै कार्यक्रममा महाधिवेशन प्रतिनिधि दुर्गा सेन, वडा नं.४ का वडाध्यक्ष गणेश क्षेत्री, जिल्ला समन्वय समितीका उपप्रमुख तारावती चौधरी, निवर्तमान नेपाली कांग्रे महाधिवेशन प्रतिनिधि टेकबहादुर शाही, नेपाली कांग्रेसका नेता ज्ञानु कार्की, दिर्घ भुसाल, बाणगङ्गा नगर सभापति बिष्णु थापा, सचिव सुर्य बराल, सदस्य पदमप्रताप सेन, वडा सचिव दिपेन्द्र बिसि लगायतको उपस्थितिमा उक्त परिवारलाई सामग्री हस्तान्तरण गरिएको हो । यस्तै कार्यक्रममा महाधिवेशन प्रतिनिधि दुर्गा सेन, वडाध्यक्ष गणेश छेत्री, नगर सभापति बिष्णु थापा, जिल्ला समन्वय उपप्रमुख तारावती चौधरी लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन ज्ञानु कार्कीले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार