गृहपृष्ठ Featured आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी संसदमा टेबल हुने निश्चित

आज प्रतिनिधि सभाको बैठक बस्दै, एमसीसी संसदमा टेबल हुने निश्चित

प्रकाशित मिति:

प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ ।

 

मंगलबार विहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने पुन: समझदारी बनेको थियो । एमसीसी संसदमा बुधबार टेबल भएपनि बुधबार नै पारित गर्ने या नगर्ने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन ।

सम्बन्धित् समाचार