गृहपृष्ठ Featured च्याम्पियन्स लिग : लिसबनको पोस्टमा सिटीको ५ गोल, क्वाटरफाइनल यात्रा बलियो

च्याम्पियन्स लिग : लिसबनको पोस्टमा सिटीको ५ गोल, क्वाटरफाइनल यात्रा बलियो

प्रकाशित मिति:

युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को खेलमा इंग्लिस लिग लिडर म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ लिसबनलाई ५-० ले पराजित गर्दै क्वाटरफाइनल यात्रा बलियो बनाएको छ।​

लिसबनको मैदानमा भएको खेलमा सिटीले रियाद महारेजको गोलमार्फत ७ औ मिनेटमानै खेलमा अग्रता लिएको थियो। बर्नान्डो सिल्भाले १७ औ मिनेटमा टीमको अग्रता दोब्बर बनाउँदा फिल फोडेनले ३२ औ मिनेटमा सिटीलाई ३-० को अवस्थामा पुर्‍याएका थिए। पहिलो हाफमानै ४ गोलको अवस्थामा पुर्‍याउने क्रममा सिल्भालेनै ४४ औ मिनेटमा ब्यक्तिगत दोस्रो तथा टिमको लागि चौंथो गोल गरे।

पहिलो हाफमा ४ गोलको अग्रता बनाएको सिटीले दोस्रो हाफमा भने एक गोल मात्र गरेको थियो। यद्यपि टिमको फराकिलो जितमा रहिम स्ट्रलिङले ५८ औ मिनेटमा टिमका लागि पाँचौ गोल गरेका थिए। अब १० मार्चमा लिसबनले दोस्रो लेगमा सिटीको घरेलु मैदानमा प्रतिस्पर्धा गर्ने छ।

सम्बन्धित् समाचार