गृहपृष्ठ Featured जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुद्धारा ३ दिने स्वास्थ्य शिविर : ८ सय ७३ जना लाभान्वित

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुद्धारा ३ दिने स्वास्थ्य शिविर : ८ सय ७३ जना लाभान्वित

प्रकाशित मिति:

सागर वि.क.(वैखरी अनलाईन) : लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले ३ दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । प्रदेश स्थापना दिवसको अवसरमा कृष्णनगर नगरपालिकास्थित सौनहवा मा.वि.मा ३ दिने स्त्री तथा छाला रोग शिविर सम्पन्न गरिएको हो । ३ दिने शिविरबाट ५२१ जना महिला र ३५२ जना पुरुष गरी जम्मा ८७३ जना नागरिक लाभान्वित भएका छन् ।

स्वास्थ्य जाँच गर्ने क्रममा ६ जना महिलामा पाठेघरको क्यान्सरको शुरुवाती लक्षण देखिएको छ भने ४१ जना महिलामा आंग खस्ने समस्या देखिएको छ । जसमध्ये २७ जनाको उपचार शिविरमै गरिएको र १४ जनालाई तौलिहवास्थित कपिलवस्तु अस्पतालमा निशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाईएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए ।

यसै गरी शिविरमा ८ जना कुष्ठरोगका बिरामीहरुको पनि पहिचान भएको छ । प्रदेश स्थापना दिवस केही रचनात्मक कार्य गरेर मनौं भन्ने उद्देश्यले जिल्लामा स्वास्थ्य सेवाबाट बञ्चित क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गरि सम्पन्न गरिएको प्रमुख पाण्डेको भनाई छ । उनले भने, ‘गरिब तथा विपन्न परिवारका सदस्यहरुको स्वास्थ्य समस्या पहिचान होस् भनेर यसरी स्वास्थ्य शिविर आयोजना गरेका हौं, साढे आठ सय बढी जनाले सेवा लिनुभयो, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिदैं जान्छौ ।’ स्वास्थ्य शिविर सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा प्रमुख पाण्डेले आभार व्यक्त समेत गरेका छन् ।

सम्बन्धित् समाचार