बुटवल : रुपन्देही प्रहरीले ८६ लाख रुपैयाँ मूल्यका अवैध सामान बरामद गरेको छ । बिहीबार बुटवल उपमहानगरपालिका तिनाउ पुल नजिक लु.१ ज.३१६७ नं.को पिकअप गाडी र उनीहरुले सामान थन्काउने विकासपथस्थित गोदामबाट ८६ लाख ८ हजार ६ सय रुपैया बराबरको अवैध जुत्ता, चप्पलहरु बरामद गरेको हो ।
अवैध सामानसहित चालक सैनामैना नगरपालिका–२ का कृष्ण थापा र सहयोगी तुलसी थारुलाई नियन्त्रणमा लिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नवरत्न पौडेलले बताए । धेरैअघिदेखि भारतबाट अवैध रुपमा सामान ल्याउने र बुटवलमा गोदाममा थन्काएर बेच्ने गरेको सूचनाका आधारमा प्रहरी र राजश्व अनुसन्धान कार्यालय बुटवलबाट खटिएको संयूक्त टोलीले छापा मारेको थियो ।
बरामद सामानसहित उनीहरुलाई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय बेलहिया पठाईएको प्रहरीले जनाएको छ ।








