गृहपृष्ठ Featured कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु, एमालेद्धारा बहिष्कार

कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु, एमालेद्धारा बहिष्कार

प्रकाशित मिति:

काठमाडौं : कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । संसद बैठक सुरु हुनुअघि कार्य व्यवस्था परामर्श बैठक संसद भवनको शंकर हलमा बैठक सुरु भएको हो ।

समितिको बैठक नेकपा एमालेले बहिष्कार गरेको छ। पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुख अग्नि सापकोटाले पदमुक्त नगरेकाले बैठक बहिष्कार गरेको एमाले प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए।

एमसीसी र संसदमा पेश गर्ने एजेण्डाका विषयमा बैठक केन्द्रित छ। शुक्रबार बसेको गठबन्धनको बैठकपश्चात सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसीलाई सार्वभौम संसद्‍मा छलफल गराएर निष्कर्षमा पुर्‍याउने विषयमा छलफल भएको जानकारी दिएका थिए।

उनले कार्यसूचीमा एमसीसी हुने नहुने समितिकै बैठकमा छलफल हुने बताए। दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ।

सम्बन्धित् समाचार