गृहपृष्ठ Featured ओलीले फेरि भने- ‘चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ’

ओलीले फेरि भने- ‘चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ’

प्रकाशित मिति:

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको पाँच दलीय गठबन्धनलाई पानीमुनि गए पनि नछाड्ने बताएका छन् । आगामी चुनावमा गठबन्धनसँग एमाले एक्लै भिड्न तयार रहेको पनि उनले बताए ।

भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा अध्यक्ष ओलीले चुनावी परिणामले नै गठबन्धन पत्तासाफ हुने दाबी गरे । ‘यो स्वार्थी गठबन्धन टिक्दैन, टिके पनि हामी पानीमुनि गए पनि छाड्दैनौं’, ओलीले भने’, फेरि चुनाव आउँछ, त्यसपछि गठबन्धनकाहरुलाई टर्च बालेर खोज्नु पर्छ ।’

अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि उनको भनाई छ । यस्तै ओलीले फेरि गतिलो सरकार बन्ने बाटो रहेको बताएका छन् । भक्तपुरमा सूर्य विनायक नगर अस्पतालको उद्घाटन समारोहमा आज अध्यक्ष ओलीले अहिलेको ‘तिकडमबाजी सरकार’ अब धेरै नटिक्ने पनि बताए ।

देशमा लोकतन्त्र आएकाले कुनै गलत नियतबाट बनेको अहिलेको सरकारको विकल्प पनि हुने उनको भनाई छ । उनले भने– देशमा प्रजातन्त्र आएको छ, अब फेरि गतिलो सरकार बन्छ ।

उनले भने, ‘पाँचवटा गिद्ध धुरीमा बसेको छ, देशमा कसरी राम्रो हुन्छ रु एउटा मात्रै गिद्ध धुरीमा बस्दा त राम्रो मानिँदैन, अहिले त पाँचवटा गिद्ध बसेका छन् ।’ आफ्नो सरकारको पालामा व्यापक विकासका काम गरेको भन्दै उनले एमालेको सरकार बनेपछि देशमा फेरि समृद्धिको लहर आउने बताए ।

सम्बन्धित् समाचार