गृहपृष्ठ Featured बाणगंगा नगरपालिका वडा नं.२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

बाणगंगा नगरपालिका वडा नं.२ को सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

वैखरी अनलाईन : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ ले सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । वडा नं.२ को आयोजना तथा वैखरी मिडिया प्रा.लि.को प्रविधिक सहयोगमा भएको सार्वजनिक सुनुवाई कार्यक्रम विहिबार वडा कार्यालयको भवन पिपरामा सम्पन्न भएको हो । कार्यक्रममा नगरका प्रवक्ता समेत रहनुभएका वडा नं.२ का वडाध्यक्ष विष्णुप्रसाद पौडेलले हालसम्म वडामार्फत भए गरेका उपलब्धि प्रस्तुत गर्नुभएको थियो ।

भौतिक विकासले मात्र वडा समृद्ध नहुने भन्दै वडाध्यक्ष पौडेलले भौतिक विकाससंगै स्वास्थ्य, शिक्षा, खानेपानी, विद्युत, खेलकुद, पर्यटन, कृषिसहित अन्य विकासका पूर्वाधारको विकासमा वडाले उल्लेख्यनीय काम गरेको दाबी गर्नुभयो । आफु वडावासीको सेवाका लागी चौविसैं घण्टा तत्पर रहेर काम समेत गरेको स्मरण गर्दै वडाध्यक्ष पौडेलले बाणगंगा नगरपालिकाभित्रका ११ वटा वडामध्ये वडा नं।२ पनि एक विकास र समृद्धिका हिसाबले अग्र स्थानमा रहेको बताउनुभयो ।

कार्यक्रममा वडावासीका तर्फबाट खेल मैदानको अभाव, सुपादेउराली मन्दिरमा पार्किङको अभाव, छाडापशुचौपयाको व्यवस्थापन लगायतका गुनासो आएको थियो । उक्त विषयहरुलाई सम्बोधन गर्दै वडाध्यक्ष पौडेलले यस्ता समस्यालाई आफुले गम्भिर रुपमा लिएको र समाधान गर्ने प्रयास जारी रहेको भन्दै निकट भविष्यमा नै समाधान हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

वडा सदस्यहरु विमला परियार, टिका कुमारी अधिकारी, वडा सचिव नरेन्द्र पोख्रेल, नेकपा एमालेका वडाकमिटी अध्यक्ष नहकुल शाही, नेपाली कांग्रेसका हिम बहादुर कार्की, विभिन्न विद्यालयका प्रअ, सामुदायिक वनका अध्यक्ष, टोल विकास समितिका पदाधिकारीसहित वडावासीको उपस्थित रहेको कार्यक्रम पत्रकार अशोक पौडेलको संचालन तथा पत्रकार सागर वि.क.को स्वागत मन्तव्यमा सम्पन्न भएको हो ।

सम्बन्धित् समाचार