टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक जगदम्बा मोटर्स प्रा.लि. र जितपुरका लागि आधिकारिक बिक्रेता बाणगंगा अटो ट्रेडर्सको संयुक्त आयोजनामा स्मार्ट एक्सचेञ्ज क्याम्प संचालनमा आउने भएको छ । यहि फाल्गुन ८ गते देखि १२ गते सम्म स्मार्ट एक्सचेञ्ज क्याम्प संचालनमा आउने भएको हो । कपिलवस्तुका लागि बाणगंगा अटोका प्रबन्धक निर्देशक मोहन न्यौपानेको नेतृत्वमा उक्त कार्यक्रम संचालनमा ल्याउन लागिएको छ। उक्त एक्सचेञ्ज क्याम्प यस क्षेत्रका ग्राहकको मागलाई मध्यनजर गर्दै ०५ ब्याजदर जस्ता उत्कृष्ट स्किमहरुसहित प्रत्येक एक्सचेञ्ज खरिदमा रु . १० हजार अतिरिक्त मुल्यांकनका साथै नगद खरिदमा रु. ८ हजार नगद छुट प्रदान गरिने जनाईएको छ ।
५ दिनमा ४० थान एक्सचेञ्ज तथा ३० थान नगद र फाईनान्स बिक्रिको लक्ष्य राखेर उक्त कार्यक्रम संचालन गर्न लागिएको हो। उक्त एक्सचेञ्ज अवधिमा पुरानो मोटरसाईकल तथा स्कुटरको भ्यालुएसन काठमाडौ तथा बुटवलका २ वटा रिकन्डिसनका साथै वाणगंगा अटोको आफ्नै स्वामित्वमा रहेको रिकन्डिसन गरि ३ वटा रिकण्डिसनबाट गराईने छ।
पुरानो बाईक ल्याएर पैसा नथपि नया खरिद गर्न सकिने पृथक स्किम समेत रहेको र उक्त स्किमको बारेमा सोरुम भिजिटरलाई प्रत्यक्ष भेट गरि बिस्तृत जानकारी गराईनेछ। हाल लन्चिङ भएको एक पृथक शैलीको १२५ सिसि रेडर मोटरसाईकल हाम्रो एक्सचेञ्जको मुख्य आकर्षणको रुपमा रहेको बाणगंगा अटो ट्रेडर्स ४ न. जितपुरका संचालक मनोज पौडेलले बताए ।
साथै उनले यो सुनौलो अवशरको फाईदा उठाउन पनी ग्राहकहरुलाई आग्रह गरेका छन् ।








