चाँगुनारायण नगरपालिका– ८ सुडाल रानीबारीमा आइतबार सुडालबाट च्यामासिंहतर्फ आउँदै गरेको बा।४ख ७३५२ नम्बरको टिपरको ठक्करले पैदलयात्रीको मृत्यु भएको छ। टिपरको ठक्करले काभ्रे महाभारत गाउँपालिका– २ घर भई हाल सुडालस्थित इँटाभट्टामा काम गर्ने सूर्यबहादुर मगरकी आठ वर्षीया छोरी विनिताको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए।
ठक्करबाट घाइते बालिकाको ख्वप अस्पताल च्यामासिंहमा प्राथमिक उपचारपछि मध्यपुर अस्पताल थिमिमा मृत्यु भएको उनले बताए।
चालक भक्तपुर नगरपालिका– ८ जेला बस्ने २७ वर्षीय राजेश कुस्मा र टिपरलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त जगाती भक्तपुरमा राखिएको उनले जानकारी दिए। -रासस








