काठमाडौँ : पछिल्लो २४ घण्टामा थप २६२ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।
१८१५ जनामा गरिएको नमूना परीक्षणमा २६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सो समयावधिमा ४ जनाको मृत्यु भएको छ।
१३३८ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने अहिले देशभर १२२४४ जना सक्रिय संक्रमित रहेका छन्।