गृहपृष्ठ Featured बैतडी टिपर दुर्घटना : मृतकको संख्या ४ पुग्यो

बैतडी टिपर दुर्घटना : मृतकको संख्या ४ पुग्यो

प्रकाशित मिति:

८ फागुन, धनगढी । बैतडीको पाटन नगरपालिका-३ को झालीमालीमा भएको टिपर दुर्घटनामा घाइते भएका थप एकजनाको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका पाटन नगरपालिका-३ कै १२ वर्षीय राजु पन्तको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक राजेश शाहीले उपचारका लागि डडेल्धुरा अस्पताल लैजाने क्रममा पन्तको बाटोमै मृत्यु भएको जानकारी दिए । उनी स्थानीय सिगास विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । योसँगै मृतकको संख्या ४ पुगेको छ ।

दुर्घटनामा यसअघि पाटन नगरपालिका-३ कै ४५ वर्षीय जनकराज पन्त, सिगास माध्यमिक विद्यालयका विद्यार्थी १३ वर्षीय ज्ञानु बिष्ट र १७ वर्षीय ललित अवस्थीको घटनास्थलमै मृत्यु भएको थियो ।

सम्बन्धित् समाचार