गृहपृष्ठ Featured म्यानपावरबाट ठगिने कामलाई रोक्नुपर्छ : मन्त्री मगर

म्यानपावरबाट ठगिने कामलाई रोक्नुपर्छ : मन्त्री मगर

प्रकाशित मिति:

लुम्बिनी प्रदेश सरकारका श्रम तथा यातायात व्यवस्था मन्त्री पुमर्ती ढेंगामगरले सरकारले म्यान पावर व्यावसायीबाट ठगिने काम रोक्न उपयुक्त कदम चाल्ने बताएकी छन् । बुटवलमा सुरक्षित आप्रवासनको लागि राष्ट्रिय सञ्जालले गरेको पुन एकीकरण कार्यक्रममा बोल्दै मन्त्री मगरले सो कुरा बताएकी हुन् ।

 

विदेश जानेहरू खासगरी मेनपावर व्यावसायीबाट धेरै पीडित भएको भन्दै श्रमिकहरु ठगिने काम रोक्नका लागि सरकारले पहल गरिरहेको उनले बताइन् । विदेशमा धेरै श्रम गरे पनि कम तलब पाएको गुनासो सुनिएको भन्दै मन्त्री मगरले सरकारले योग्यता अनुसारको तालिम दिएर स्वदेशमा रोजगारी दिने वातावरण बनाउने बताइन् ।

 

मन्त्रालयका सचिव दीपकराज ढकालले प्रदेशका सबै जिल्लाहरुमा स्वरोजगार सिर्जना गर्नका लागि स्थानीय स्तरबाट कार्यक्रमको माग गर्ने नीति लिइएको बताए ।  कार्यक्रममा बोल्दै सांसद कृष्णप्रसाद न्यौपाने, रमा अर्याल, दीपा विक, वरिष्ठ श्रम अधिकृत गिरिराज ज्ञवाली लगायतले विदेश जानेहरूलाई सीपमूलक तालिम प्रदान गर्ने र फर्केर आएकाहरुलाई नेपाल बस्ने गरी लगानी गर्ने वातावरण तयार पर्ने दायित्व राज्यको रहेको बताए ।

सम्बन्धित् समाचार