गृहपृष्ठ Featured गठबन्धनले दोहोरो चरित्र देखायो : विष्ट

गठबन्धनले दोहोरो चरित्र देखायो : विष्ट

गुल्मी : नेकपा एमालेका सचिव गोकर्ण विष्टले एमसीसी संसद्‌मा टेबल गरेर सत्ता गठबन्धनले दोहोरो चरित्र देखाएको बताएका छन् ।सचिव विष्टले मंगलबार गृहजिल्ला गुल्मीको मुसिकोट नगरपालिकामा स्वास्थ्य चौकीको उद्घाट्न गर्दै एकातिर एमसीसी संसद्‌‌मा पेश गर्ने सहमति गर्ने र अर्कोतिर सडक तताएर तमासा देखाउने काम गरिरहेको बताए ।

उनले एकातिर सत्तागठबन्धनका मन्त्रीहरूले भोट हाल्न पाउने तर अर्कोतिर सांसदले बहिष्कार गरे झैं गरी नाटक मञ्चन गरेको बताए ।

नेता विष्टले भने‚ ‘सत्ता गठबन्धनमा भएका मन्त्रीहरूले भोट हाल्न पाउने रेस तर सांसदहरूले बहिष्कार गर्ने रेस यो कस्तो नाटक प्रर्दशन हो रु सांसदले बहिष्कार गरेर हामी त फरक मान्यतामा थियौँ भन्ने सन्देश दिने तर मन्त्रीहरूले भोट हालेर सत्ता गठबन्धन र मन्त्री पद जोगाउने ।’

नेता विष्टले दुनियामा कतै नभएको संसदीय अभ्यास नेपालमा भइरहेको भन्दै कुनै पनि समस्याहरूलाई नेकपा एमालेले जनताको हितमा फैसला गर्ने बताए । उनले राष्ट्रियताका सवालमा जनताको मतलाई एमालेले शिरोधार्य गरेर अगाडि बढ्नेसमेत बताए ।

सम्बन्धित् समाचार