गृहपृष्ठ Featured बाणगंगामा करिब ६ करोडको लगानीमा ‘ओएसिस सिनेमाज’ संचालनमा

बाणगंगामा करिब ६ करोडको लगानीमा ‘ओएसिस सिनेमाज’ संचालनमा

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको बाणगंगा नगरपालिकामा सुबिधा सम्पन्न सिनेमा हल संचालनमा आएको छ । बाणगंगा नगरपालिका १ जितपुर राजमार्गको छेउमै रहेको ‘ओएसिस सिनेमाज’ करिब ६ करोडको लगानीमा निर्माण सम्पन्न भई संचालनमा आएको हो ।

 

बाणगंगा नगरपालिका- १ जितपुर राजमार्गको छेउमै रहेको ‘ओएसिस सिनेमाज’ संचालनमा आएसंगै  यहाँका नागरिकमा नयाँ रौनक छाएको छ । ६ कट्ठा क्षेत्रफलमा सिनेमा हल सञ्चालन गर्ने गरि नै निर्माण गरिएको सुबिधा सम्पन्न भौतिक संरचना साच्चिकै मनमोहक छ । यद्यपि ‘ओएसिस सिनेमाज’ यहि फागुन १७ गते शिवरात्रीका दिन औपचारीक उद्घाटन हुने भएको छ । बुधबार  एक पत्रकार सम्मेलनको आयोजना गरि फागुन १७ गते शिवरात्रीका दिन औपचारीक उद्घाटन गर्ने तयारी रहेको सञ्चालक संजय पाण्डे र रामु तामाङले दिनुभयो । राजमार्गको छेउमै रहेको ‘ओएसिस सिनेमाज’ को निर्माणको सबै काम सकिएको सिनेमाका सञ्चालक नविन भण्डारीले जानकारी बताउनुभयो ।

निर्माण कार्य सम्पन्न भए पनि कोरोनाका कारण रोकिएको र अब पुनः ब्यवस्थि रुपमा संचालक गर्ने सञ्चालकहरुले बताएका छन् ।
गास, बास, कपास र जस्तै मनोरञ्जन पनि मानिसको आधारभूत आवश्यकता जस्तै भएकाले चलचित्र पनि मनारञ्जनकै एक अंग भएकाले सबैबाट साथ र सहयोग पाइने सञ्चालक भण्डारीले बताउनुभयो । तीन जनै युवाहरु उच्च तहको अध्ययन सकेर स्वदेशमै केही गरौँ भनेर नयाँ विजनेश सुरु गरेको उहाँले बताउनुभयो ।

अहिले एउटा हलमा १ सय ७१ र अर्को हलमा १ सय ३३ गरि ३ सय ४ जनाले एकै पटक हेर्न मिल्ने सुबिधा सम्पन्न हलको ब्यबस्था रहेकाले निकै मनमोहक देखिन्छ ।

जग्गा बाहेक ६ करोडको लगानीमा निर्माण भएको उक्त सिनेमाले सुबिधा सम्पन्न रेष्टुरेण्ट समेत सञ्चालन गरि जम्मा ११ जनालाई रोजगारी समेत दिएको छ ।

यहि शुक्रवार देखि ‘म यस्तो गीत गाउँछु–२’, गंगु भाई कलियावडी तथा भ्यालीमाई जस्ता नेपाली तथा हिन्दी चलचित्रहरु प्रदर्शन हुने भएकाले चलचित्र हेर्नका लागि स–परिवारलाई ‘ओएसिस सिनेमाज’ परिवारले निमन्त्रणा गरेको छ ।

सुबिधा सम्पन्न हल, काउण्टर, प्रवेशद्धार, कम्पाउण्डको सम्पुर्ण काम सकिएको छ भने पार्किङको पनि सुरक्षित र सुब्यबस्थित व्यबस्था रहेको छ । टिकट घर पनि बनिसकेकोले छिटो भन्दा छिटो अवलोकनका लागि जानै पर्ने संरचना बनेको छ ।

यो चलचित्र हल कपिलवस्तुकै सुविधासम्पन एक मात्र हल हुनुका साथै नेपालमै राम्रो सिनेमा हलको सुचिमा पर्ने सिनेमा हाल हो । यो सिनेमाहल सञ्चालन भएसंगै यस क्षेत्रका नागरिकलाई बुटवल र काठमाण्डौँ जानुपर्ने समस्या अन्त्य भएको स्थानीयले बताउँछन् ।

हलमा एकैपटकमा २ चलचित्र हेर्न पाईने छ । अर्थात् हलमा एकैपटक २ स्क्रिन डिस्प्ले हुनेछन् । एक हलमा १ सय ७१ र अर्कोमा १ सय ३३ जना गरी एक ‘शो’ मा ३०४ जना दर्शकले चलचित्र हेर्न सक्ने छन् ।

सम्बन्धित् समाचार