कपिलवस्तु : कपिलवस्तुमा बर्षो देखि अभियान चलाइए पनि निर्मुल हुन नसकेको हात्तीपाईले र कुष्ठरोगको निवारणका लागि सबैको साझा प्रयास आवश्यक रहेको कपिलवस्तुको बुद्धभुमी नगरपालिका– २ गोरुसिगं स्थित सम्पन्न एक कार्यक्रममा औल्याइएको छ । फेरमेड फाउन्डेशन नेपालको सहयोगमा जिल्लामा संचालित आधारभुत परियोजना सम्बन्धी जिल्ला परियोजना सल्लाहकार बैठकमा सो आवश्यकता औल्याइएको हो । प्रजिअ चक्रपाणी पाण्डेयले हात्तीपाईले र कुष्ठरोग निवारणका लागि कपिलवस्तुमा लामो सयम देखि चलाइएको अभियान प्रभावकारी नहुदाँ ती रोगका रोगीहरु अझै सम्म जिल्लामा फेला परीरहेको बताए । अझै थुप्रै हात्तीपाईले र कुष्ठरोगीहरु समाजमा लुकेर बसेका छन तिनिहरुलाई बाहिर ल्याउन जरुरी रहेको बताए । ती रोग बिरुद्ध निःशुल्क औाषधी बितरण गरिए पनि सबैले सेवन नगर्दा दुबै रोगहरु अझै सम्म देखा परेको उनले बताए । जिल्लाको महराजगंज र कृष्णनगर नगरपालिका एक महिना अघि ६ सय बढीमा गरिएको नमुना सर्वेमा ८ प्रतिशतमा हात्तीपाईलेको जीवाणु फेला परेको थियो ।
जबकी जिल्लामा हात्तीपाइले बिरुद्ध १३ औ चरणको अभियान संपन्न भई सकेको छ । यस्तै कुठरोगलाई १ प्रतिशत भन्दा कममा झार्ने योजना रहे पनि अझै सम्म २ प्रतिशत भन्दा बढी कुष्ठरोगी फेला परेका छन । प्रति १० हजारमा एक जना भन्दा कम मा झार्ने सरकारी योजना रहे पनि औषधी सेवन प्रभावकारी नहुदा समस्या भएको प्रजिअ पाण्डेयले बताए । अब रोग निवारणका लागि सबैको साझा प्रयास आवश्यक रहेको उनले बताए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पछि परेको कपिलवस्तुमा अझै सम्म हात्तीपाईले र कुष्ठरोग निमुल ह्ुन नसक्नुु दुःखद कुरा भएको बताए ।
शिक्षा क्षेत्रका विकास नभई सो रोग बिरुद्ध पार पाउन मुस्किल रहेको भन्दै उनले तिनै तहका सरकारले कपिलवस्तुको शिक्षाको विकासमा लगानी बढाउनु पर्ने बताए । उनले सबै पालिका सहीत सरोकारवालाहरुले सो रोग बिरुद्धको अभियानमा साथ दिन आग्रह गरे । सो अवसरमा शिवराज नगरपालिका मेयर नेत्रराज अधिकारीले नागरिकहरुले औषधी सेवन नगर्दा यो रोग अझै बल्झिएको बताए । उनले २ बर्ष सम्म औाषधी सेवन गरिए हात्तीपाईल रोग नलाग्ने भन्दै सबैले ईमान्दारीपुवक औषधी सेवन गर्नु पर्ने बताए । सो अवसरमा कपिलवस्तु नगरपालिकाका मेयर किरण सिंहले हात्तीपाईले र कुष्ठरोग बिरुद्धको महाअभियानमा आफुहरुको पुरा साथ रहेको प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा फेरयमेडका परियोजा संयोजक शशीलाल कर्णले हात्तीपाईले रोग बिरुद्धको यस बर्ष देखि खुवाईने औषधी ९८ प्रतिशत प्रभावकारी रहेकोले ढुक्कसंग औषधी सेवन गर्न आग्रह गरे । गर्भवति र सिकिस्त बिरामी बाहेक अरु सबैले आषधी सेवन गर्न मिल्ने भन्दै औषधीले मलेरिया, जुका लुता लागतयका रोगकालागि उपयोगी हुने बताए । कपिलवस्तुमा हात्तीपाईले बिरुद्ध यही फागुन २८ गते अभियान संचालन हुदैंछ । सो अवसरमा परियोजना अधिकृत निशान गुरुङले सन २०२१ मा परियोजनाबाट संपन्न गरिएको क्रियाकलाप र उपलब्धीका बिषयमा जानकारी गराएका थिए । परियोजानाले जिल्लाको स्वास्थ्य क्षेत्रको विकासमा सन २०१९ देखि २०२२ सम्म काम गर्ने योजना छ ।