गृहपृष्ठ Featured मनाङलाई रोक्दै आर्मी दोस्रो स्थानमा

मनाङलाई रोक्दै आर्मी दोस्रो स्थानमा

प्रकाशित मिति:

काठमाडौँ : त्रिभुवन आर्मी क्लबले सहिद स्मारक लिग ‘ए’ डिभिजन ०७८ मा दोस्रो स्थानमा टुंग्याउने निश्चित भएको छ । दशरथ रंगशालामा शनिबार भएको खेलमा आर्मीले मनाङ मर्स्याङ्दीलाई १–१ को बराबरीमा रोकेको हो ।

यो नतिजापछि आर्मीको २३ अंक भएको छ । मनाङले सुरुवाति अग्रता लिएर पनि त्यसलाई कायम राख्न सकेन् ।

उसले ४५ औं मिनेटमा अञ्जन विष्टको गोलमा अग्रता लिएको थियो । तर खेलको ७६ औं मिनेटमा फ्रायन्कलिन कुएटाले आत्मघाती गोल गरे र यो आर्मीलाई खेल बराबरीमा राख्न पर्याप्त रह्यो । यो नतिजाले मनाङ भने २१ अंकमा सीमित रहेर पाँचौं स्थानमा रह्यो । आर्मीलाई हराएको भए मनाङ दोस्रो स्थानमा उक्लने निश्चित थियो ।

आर्मीलाई भने दोस्रो स्थानमा कायम रहन हार टार्न आवश्यक थियो । शनिबार नै सातदोबाटोमा भएको खेलमा एनआरटीले पुलिसलाई ३–१ ले हरायो र २३ अंकसहित तेस्रो स्थानमा उक्लिन सफल रह्यो । एनआरटीको यस जितमा मेसुके ओलोमोउले ह्याट्रिक गरे । शिव गुरुङको आत्मघाती गोलले पुलिसले अग्रता लिएको थियो । पुलिस १२ अंकमै सीमित रह्यो ।

सम्बन्धित् समाचार